

हेलम्बूलाई केन्द्रमा राखेर जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुमा करिब दुईबर्ष पहिले आएको भिषण बाढीलाई केन्द्रमा राखेर ‘जलवायु परिवर्तनको असर र महिला न्याय’ बिषयेक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंको होटल सोल्टीमा साथसाथै फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा हेलम्बुको विपदलाई केन्द्रमा राखेर व्यापक छलफल गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार जलवायु परिवर्तनकाकारण समुदायमा परेको असर र समाधानका उपायहरुका बारेमा विज्ञहरुबिच गहन छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जलवायु परिवर्तनको असर र महिला न्यायकव बिषयमा सरकार गम्भिर रहेको बताए । नेपाल सरकारले यो बिषयमा ऐन बनाएरै समस्या समाधानको उपायखोज्ने मन्त्री किराँतीको भनाई थियो ।
कार्यक्रममा इसिमोडका निर्देशक डा. पेमा ग्याम्त्सो, युनडिपीका आवासिय प्रतिनिधी आस्निइ मेडागङ्गोडा लावे, युएईका राजदुत अब्दुल्ला अल शाम्सी, वन तथा वातावरण मन्त्रालयका सचिव रेवती रमण पौडेलले जलवायु परिवर्तनका बिषयमा आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री एवं राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेल, जलवायुसँग सम्बन्धित विज्ञहरु राजन पोख्रेल, सवनम सिवाकोटी, डा.ङमिन्द्र ढकाल, महेश्वर ढकाल, डा. सिद्धार्थ बज्र बज्राचार्य लगायतको सक्रिय सहभागिता रहेको आयोजक संस्था साथ साथै फाउण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिईन् ।
यसअघी साथसाथै फाउण्डेशनले इजिप्टमा भएको जलवायु सम्मेलनमा हेलम्बु विपत्तीको वृत्तचित्र प्रदर्शन गरेर यो मुद्दालाई अन्तराष्ट्रियस्तरसम्म पुर्याएको थियो ।