मुख्य खबर​

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सत्ता साझेदार १० दलको सहमती

Madhyabindu Online


A A- A+

काठमाडौं – सत्ता साझेदार १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सहमति गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले सो सहमति गरेको हो।

‘सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा आइतबार संसद्‌मा प्रस्तुत गर्ने ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र सोमबार सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ’, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छिन्।

प्रधानमन्त्री दाहालले यही चैत्र ६ गते सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मै विश्वासको मत लिएका थिए।

राष्ट्रपतिको निर्वाचनका बेलादेखी परिवर्तन भएको सत्तागठबन्धनका कारण सरकारमा सहभागी एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि उनले पुनः विश्वासको मत लिनुपर्ने भएको हो।

छुटाउनु भयो कि ?