

कार्टुनिस्ट वात्स्यायनको अभिनन्दन तथा रथारोहण
काठमाडौं – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।
उमेरले ८० वर्ष पुगेका पोखरेली कलाकार वात्स्यायनको सम्मानमा पोखराका करिब ३ दर्जन साहित्यिक तथा वाङ्मयिक संस्थाले उनको भव्यरुपमा नागरिक अभिनन्दन तथा रथारोहण गराएका हुन् ।
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक, वाङ्मयिक संस्था गरी ३२ संघसंस्थाले कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म रथारोहण गराई अभिनन्दन गरेका हुन् ।
१९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बरालले नेपाली कला क्षेत्रमा लामो समय योगदान पु¥याएका छन् । उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका उनले जगदम्बा श्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्करा, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्करा, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार पाइसकेका छन् । उनका चार ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ ।
सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उनले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डो¥याउन उल्लेख्य योगदान दिएका छन् । उनले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेनन्, थुप्रै अनुजलाई दीक्षितसमेत गरे ।
बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याएका छन् ।