राजनीति

एकीकृत समाजवादी, वेदुराम भुसाल उपाध्यक्ष र घनश्याम भुसाल महासचिवमा मनोनित

Madhyabindu Online


A A- A+

काठमाडौं – एकीकृत समाजवादीको महासचिवमा पूर्वमन्त्री घनश्याम भुसाल मनोनित भएका छन् ।

महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले भुसाललाई महासचिवमा मनोनित गरेको हो ।

एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले महासचिवमा एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।

आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।

साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

छुटाउनु भयो कि ?