मुख्य खबर​

दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिँदै छन् । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त दाहालले पहिलोपटक २६ पुसमा संसदको ९९.२६ प्रतिशत विश्वासको मत प्राप्त गरेका थिए ।

एमाले र राप्रपाले सरकार छाडेपछिको नयाँ समीकरणमा दोस्रोपटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डले संसद्को शतप्रतिशत विश्वास पाउने दाबी गरेका छन् । आइतबार संसद्बाट बाहिरिने क्रममा दाहालले ‘सय प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा छ’ भन्ने प्रतिक्रिया दिएका छन् ।

अहिलेको सत्तागठबन्धनमा सत्तागठबन्धनमा रहेका दलहरूसँग सुविधाजनक बहुमत छ । प्रधानमन्त्री दाहाललाई कांग्रेसको ८७, माओवादीको ३२, रास्वपाको १९, जसपाको १०, एकीकृत समाजवादीको १०, जनमतको ६, लोसपाको ४, नाउपाको ४, जनमोर्चा र आम जनता पार्टीका एक–एक सांसदले विश्वासको मत दिने निश्चित छ ।

यसबाहेक स्वतन्त्र सांसद अमरेशकुमार सिंह, योगेन्द्र मण्डलले पनि विश्वासको मत दिने बताएका छन् । यो संख्या एक सय ७६ हुन आउँछ । यसमा पनि माओवादीका वर्षमान पुन, कांग्रेसका चन्द्र भण्डारी र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित हुन नसक्ने अवस्था छ ।

एमाले ७८, राप्रपा १४ र नेमकिपा एक मात्रै विपक्षमा खुलेका छन् । पहिलोपटक उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदको विश्वास जितेका प्रचण्डले यसपटक एमाले, राप्रपा र नेमकिपाको ९३ मत पाउने छैनन् ।

छुटाउनु भयो कि ?