मधेस प्रदेश

५० हजार घुससहित जनकपुर–११ का वडाध्यक्ष र वडासचिव पक्राउ

Madhyabindu Online


A A- A+

काठमाडौं – जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–११ का वडाध्यक्ष अर्जुन चौधरी र सोही वडाका वडासचिव माधव रायलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको हो ।

स्थानीय विवाहमण्डप पछाडि रोहन होटलबाट उनीहरू दुवैजनालाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायव उपरीक्षक सुभाष रायले जानकारी दिए ।

बुधबार साँझ दुवैजनालाई घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको उनले बताए । आरोपीद्वय चौधरी र रायमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

छुटाउनु भयो कि ?