मुख्य खबर​

डा.महतलाई अर्थमन्त्री बनाउने देउवाको अडानले काँग्रेसमा खैलाबैला

Madhyabindu Online


A A- A+

काठमाडौं – पार्टी पदाधिकारीहरूकै चर्को विरोधका वावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेका छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी लिने गरी पार्टीबाट सरकारको नेतृत्व गर्ने गरी उपसभापति पूर्णबहादुर खड्का उक्त पदका आकांक्षी थिए । तर, पार्टी सभापति देउवा महतको पक्षमा अडिग देखिएपछि खड्का अर्थमन्त्री हुनबाट वञ्चित भएका हुन् ।

पार्टीभित्रका सबैजसो नेता खड्काले नेतृत्व गरेर जाँदा उनले इच्छाएको मन्त्रालय पाउनेमा विश्वस्त थिए । तर, सभापति देउवाले प्रवक्ता महतलाई जुनसुकै हालतमा पनि अघि सार्न खोजेको काँग्रेस नेताहरु बताउँछन् ।

अर्थमन्त्री महतलाई बनाउने देउवाको अडानबाट उपसभापति खड्का असन्तुष्ट रहेको कांग्रेस स्रोतको दाबी छ ।‘महतलाई अर्थमन्त्री बनाउन नहुनेमा व्यापक असन्तुष्टि हुँदाहुँदै सभापतिले नाम टुंगो लगाउनुभएको छ’, देउवा पक्षका एक नेता भन्छन् ।

अघिल्लो पटक काठमाडौं–५ मा पराजित महतले सोही स्थानमा दोहोर्‍याएर उम्मेदवार हुन पाउने थिए । साथै, नुवाकोटमा प्रत्यक्ष उठ्न चाहेको भए पनि टिकट पाउने थिए । तर प्रत्यक्षमा उठेर जोखिम मोल्न नचाहेका उनी समानुपातिकमा बसेर खस आर्यतर्फको पहिलो नम्बरमा परेका उनले तीन जना पुरुष पर्दा समानुपातिकबाट सांसद पक्का गरेका हुन् ।

छुटाउनु भयो कि ?