राजनीति

‘एमाले प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्छ’ – ओली

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् ।

एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्ने बताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले भने ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ । तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ,एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो ।’

पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै उनले एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताएका थिए ।

उनले ज्ञवालीलाई पराजित गर्ने चन्द्र भण्डारीलाई भलाद्मी नेता भए पनि कांग्रेसको नीति भने खराब रहेको भन्दै कटाक्ष गरेका थिए ।

छुटाउनु भयो कि ?