
खल्ती वालेटका दुई कर्मचारी पक्राउ
काठमाडौं – कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘खल्ती’का दुईजना कर्मचारी सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको हो। उनीहरूमाथि करिब ७० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेको सिआइबीले जनाएको छ। ठूलो रकम हिनामिना भएपछि कम्पनीले प्रहरीमा उजुरी गरेको थियो।
गत साता पक्राउ परेका उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाएको सिआइबीका एसपी सञ्जयसिंह थापाले बताए।