मधेस प्रदेश

मधेस प्रदेशका मुख्यमन्त्रीलाई थप चार मन्त्रालयको जिम्मेवारी

Madhyabindu Online


A A- A+

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार रिक्त भएका चार मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवलाई तोकेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको जनाएको हो ।

नेकपा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय रिक्त भएका थिए ।

मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा मामिला तथा कानुन मन्त्री राजकुमार लेखि, गृह तथा सञ्चार सत्रुधन सिंह, महिला वालवालिका मोजैद आलम र गृहराज्यमन्त्री केशव राय रहेका थिए ।

madhesh

छुटाउनु भयो कि ?