अन्तर्राष्ट्रिय

सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीले ज्यान गुमाए

Madhyabindu Online


A A- A+

काठमाडौं – सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको ज्यान गएको छ।

भारतको गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परेर कुल सात जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका बताइएको छ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्ति अनुसार यस हिमपहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्।

सिक्किमका वरिष्ठ प्रहरी अधिकारी तेन्जिङ लोडेन लेप्चाका अनुसार मंगलबार बिहान करिब साढे ११ बजे हिमपहिरो गएको थियो।

छुटाउनु भयो कि ?