हलिउड-बलिउड

चलचित्र ‘प्रसाद २’ को विवाद झन् चर्कियो, निर्माता थापा फरार

Madhyabindu Online


A A- A+

काठमाडौं – फिल्म रिलिजको पूर्वसन्ध्यामा ‘प्रसाद २’ को विवाद थप चर्किदै गएको छ। विवादकै कारण फिल्मको निर्माता समेत फरार भएका छन्।

निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा निर्माता सुवास थापाविरूद्ध प्रहरीमा जाहेरी परेपछि उनी फरार भएका छन्।

गत महिना फागुन २९ गते ‘प्रसाद २’ का निर्माता सुवास थापाविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो। बैंकिङ कसूरको मुद्दामा जाहेरी परेको डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

उनीविरूद्ध केशव पाण्डेले जाहेरी दिएका हुन्। पाण्डेले ‘प्रसाद २’ सेन्सर सम्बन्धी कार्य रोकी पाउँ भन्दै चलचित्र विकास बोर्डमा समेत उजुरी दिएका थिए। पाण्डेलाई ठगी गरेको आरोप लागेका थापाले फिल्मको सुटिङ गरिएको ठाउँको होमस्टेमा समेत पैसा नतिरेको उल्लेख छ।

सोमबार बोर्डले दुवै पक्षबीच सहमति गराउने भन्दै बोलाएको बैठकमा पाण्डे उपस्थित हुँदा सुवास थापा आएनन्। उनको पक्षमा वितरक गोपाल कायस्थ उपस्थित थिए।

छुटाउनु भयो कि ?