खेलकुद

वर्षाले रोकिएको क्रिकेट सोमबारकै स्थितिबाट सुरू हुने

Madhyabindu Online


A A- A+

काठमाडौं – वर्षाका कारण रोकिएको एसिसी मेन्स प्रिमियर कपको विजेताका रूपमा एसिया कपमा स्थान बनाउन नेपालले थप एक दिन पर्खनुपर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएई २७.३ ओभरमा १०६–९ को कठिन स्थितिमा रहेका बेला सुरु भएको वर्षा नरोकिएसँगै सोमबार खेल स्थगित भएको हो। मंगलबार (आज) युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गर्नेछ।

सहज योगफल पछ्याउने भएकाले नेपाल विजेता बन्ने सम्भावना उच्च रहेको छ। साेमबारको जस्तै खेल नतिजाविहीन बनेमा भने आइसिसीको वरीयतामा युएईभन्दा अघि रहेकाले नेपालले विजेताका रूपमा एसिया कपमा स्थान बनाउनेछ।

एसिसी मेन्स प्रिमियर कपको विजेताले एसिया कपमा पाकिस्तान र भारत सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा भने बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

छुटाउनु भयो कि ?