खेलकुद

नेपालले पायो ११८ रनको लक्ष्य

Madhyabindu Online


A A- A+

काठमाडौं – एसीसी प्रिमियर कप फाइनलको उपाधिका लागि नेपालले ११८ रनको लक्ष्य पाएको छ ।

वर्षाका कारण स्थगित खेलको दोस्रो दिनको खेल सुरु हुँदा १०६ रनमा अगाडि खेल्न सुरु गरेको युएईले थप ११ रन बनाउँदा अन्तिम विकेट गुमायो ।

नेपालका लागि अन्तिम विकेट ललित नारायण राजवंशीले लिए ।

युएईलाई ११७ रनमा समेट्न नेपालका लागि ललितले ४ विकेट लिए भने सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए । त्यस्तै नेपालका लागि सोमपाल कामी, गुल्सन झाले १-१ विकेट हात पारेका थिए ।

अब केही बेरमा सुरुहुने खेलमा नेपालले ब्याटिङ सुरु गर्नेछ ।

छुटाउनु भयो कि ?