अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा चर्कियो प्रदर्शन

Madhyabindu Online


A A- A+

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन् ।

इस्लामावादमा इमरान खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

बीबीसी संवाददाता फुरकानका अनुसार खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका छन् ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ भने आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।

खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा आजै अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको हो ।

महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उहाँको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

छुटाउनु भयो कि ?