आर्थिक

जेठबाट कर्जाको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल बैंकर्स संघले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । बिहिबार बसेको संघको बैठकमा कर्जाको ब्याजदर घटाउे सहमति भएको हो ।

संघको अध्यक्ष्य तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिए । उनले भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ । जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’

बिषेशगरी २ वटा कारणले गर्दा कर्जाको ब्याज घट्ने अवस्था आएको उनको भनाई थियो । वैशाखदेखि लागू भइसकेको निक्षेपको ब्याज घटेको कारण र स्प्रेडदर घटाउँदै लग्नुपर्ने व्यवस्थाका कारण समेत ब्याज घट्ने उनले बताए ।

बैंकर्स संघले वैशाखदेखि लागू हुने गरेर निक्षेपको ब्याज एकल अङ्कमा झारेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९.९९ प्रतिशत र मुद्दती निक्षेपको ब्याज ७.९९ प्रतिशतमा झारेको थियो ।

जेठदेखि कर्जाको ब्याज घट्ने भए पनि कति घट्ने भन्ने विषयमा बैंकले सूची सार्वजनिक भने गरिसकेका छैनन् ।

छुटाउनु भयो कि ?