अन्तर्राष्ट्रिय

भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतले २ हजार दरका नोटलाई प्रतिबन्ध लगाउने भएको छ । भारतीय रिजर्भ बैंकले शुक्रबार एक सुचना जारी गर्दै दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको हो ।

शुक्रबार जारी गरेको सूचनामार्फत आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सकिने बताएको छ। सर्वसाधारणले आफ्नो बैंक खातामा २ हजार का नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर पनि नोट साट्न सक्ने सूचनामा भनिएको छ ।

दुई हजार रुपैयाँका नोट चलनमा नआए पनि यी नोट वैध नै रहने छन् । आरबीआईका अनुसार सेप्टेम्बर ३०, २०२३ सम्म यी बैंकहरूमा जम्मा गर्न सकिन्छ र नोटहरू साट्न सकिन्छ।

 

छुटाउनु भयो कि ?