राजनीति

सरकारको नीति तथा कार्यक्रममाथि एमालेको धारणा राख्दै ओली

Madhyabindu Online


A A- A+

काठमाडौं – सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार (आज) संसदमा सम्वोधन गर्ने भएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै विरोधसमेत जनाउने छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने बताइएको छ ।

‘मुलुकलाई सही दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिवार बसेको संसदीय दलको बैठकमा भनेका थिए, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’

छुटाउनु भयो कि ?