समाज

टिकटकमा भाइरल ‘सिमान्त गुरू’ दाङबाट कार्यक्रम नै नगरी हिँडे

Madhyabindu Online


A A- A+

काठमाडौं – बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्।

स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएपछी उनले गर्ने उपचारमा सहभागी हुन टाढा टाढादेखी आएका सयौं मानिसलाई त्यसै अलपत्र पारेर कार्यक्रम नै नगरी केसी फर्केका हुन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले उपचारको बहानामा तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सयौंलाई भेला गराइएको भए पनि अन्तिममा केसी कार्यक्रम नै नगरी बाँकेको नेपालगञ्जतर्फ लागेको जानकारी दिए।

केसीले सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै आफूसँग अलौकिक क्षमता भएको दाबी गर्ने गरेका छन्। उनको त्यही दाबीलाई पत्याएर विभिन्न ठाउँमा मानिसहरू उनलाई आफ्नो बिराम देखाउन जाने गरेका छन्।

बर्षौंदेखि निको हुन नसकेको दिर्घरोग आँखाले हेरेकै भरका निको पार्ने गुरु भनेर सिमान्तले उपचार गरिरहेका गतिविधि सामाजिक सञ्जालमा भाइरल छ ।

प्रतिव्यक्ति १ हजार लिएर उनले दैनिक ४ सय जनाको उपचार गरिरहेको कुरा सामाजिक सञ्जालमा उनले नै बताएको भिडियो पोस्ट गरिएको छ ।

छुटाउनु भयो कि ?