
समाज
मदन राईलाई थप ८ दिन थुनामा राख्न अनुमति
काठमाडौं – ‘शुभद्रा मदन फाउन्डेसन’ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत खोटाङले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिएको थियो। प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याद थप्न माग गरेको थियो।
सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।