
समाज
काठमाडौं उपत्यकामा सार्वजनिक विदा
काडमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइने भएको छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण आज उपत्यकामा विदा समेत दिइएको छ ।
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।