स्थानीय तह

पुसभित्र पाँचखालका ७ हजार घरमा पानी

Madhyabindu Online


A A- A+

काठमाडौं – सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ ।

विक्रम संवत् २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारी लगायत सामग्री अभाव तथा विविध कारणले १ वर्ष समयावधि थपिएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्ने समेत उल्लेख गरिए पनि आयोजना लम्बिएको हो ।

नगरको १३ मध्ये १० वटा वडाका लागि खानेपानी आयोजना सञ्चालनार्थ १ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको शर्त अनुसार कूल योजनाको ५ प्रतिशत अर्थात् ११ करोड ५ लाख रुपैयाँ उपभोक्ताले जम्मा गरिसकेका छन् । जसअनुसार प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार रुपैयाँ जम्मा गरेका छन् ।

छुटाउनु भयो कि ?