
समाज
रुकुम पश्चिममा जिप दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं – रुकुम पश्चिममा बिहिबार (आज) बिहान जिप दुर्घटनाहुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।
रुकुम प्रहरीका अनुसार रुकुम पश्चिमको बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।
सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ ।
प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।