
रेशम चौधरीलाई आममाफी दिने तयारी
काठमाडौं – टीकापुर हत्याकाण्डमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने तयारी भएको छ ।
राजनीतिक दबाबका आधारमा सरकारले चौधरीलाई आममाफी दिन लागको हो । ‘कारागार विभाग र मन्त्रालयले यससम्बन्धी प्रक्रिया पूरा गरेर राष्ट्रपति कार्यालयमा पठाएको छ’, मन्त्रालय स्रोतले भन्यो ।
जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिने गरी राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ । ‘रेशम चौधरीको आममाफीसम्बन्धी फाइल बुधवार आइपुगेको जानकारी छ अध्ययन गर्न भने बाँकी छ’, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुवँरले बताए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले आममाफीका लागि गृहमा निवेदन मागेको थियो । सो निवेदन परेपछि प्रकृया पूरा गरेर राष्ट्रपति कार्यालयमा पठाइएको हो ।
सरकारले गणतन्त्र दिवसलाई उपयुक्त समय मान्दै चौधरीको मुद्धा फिर्ता लिने तयारी गरेको हो ।