
प्रतिनिधिसभा बैठक शनिबार दिउँसो ४ बजे बस्ने
काठमाडौं – प्रतिनिधिसभा बैठक भोलि शनिबार ४ बजेसम्मका लागि स्थगित भएको छ। यसअघि ६ बजेका लागि बैठक बोलाइए पनि सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमति नभएपछि बैठक शनिबारसम्मका लागि स्थगित भएको हो।
सांसदले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटकपटक सांसदलाई बस्न आग्रह गरेका थिए । तर, सरकारबाट प्रष्ट जवाफ नआएसम्म आफूहरूले संसद् अवरोध भन्दै एमाले सांसदहरूले बेल घेराउ गरेका थिए ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले शनिबार ४ बजे बैठक बोलाएको संसद सचिवालयले जानकारी दिएको छ।
शुक्रबार बैठक सुरु भएलगत्तै माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुर राख्दा सुनमा पित्तल मिसाएको आरोप लगाएपछी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको थियो।
सोही विषयलाई लिएर एमालेले संसद अवरोध गरेको थियो। माओवादी सांसद दाहाललाई आरोप पुष्टि गर्न एमालेले चुनौती दिएको छ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको थियो।