मुख्य खबर​

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

Madhyabindu Online सांकेतीक तस्बिर


A A- A+

काठमाडौं – देशभर गर्मीले जनजीवन प्रभावित भएको छ । गर्मीको धेरै असर तराई क्षेत्रमा परेको छ । केही सहरको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।

दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन पालिकाका विद्यालयमा बिदा दिइएको छ ।

इनरुवा नगरपालिकाले आज बिहिबार देखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको मेयर केदार भण्डारीले जानकारी दिए ।

गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उनले बताए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले पनि आजदेखि २३ गते मंगलवारसम्म विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए ।

यसैगरी इटहरी उपमहानगरले आज र भोलि बिदा दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

केही दिनयता तराईका जिल्लासहित देशभर गर्मी बढेको छ ।

छुटाउनु भयो कि ?