मुख्य खबर​

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार (आज) भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न भएका छन्।

हैदरावाद हाउसमा मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मोदीसँगको भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने तयारी छ।

यसपछि सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनपछि आयोजना हुने पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।दाहाल बिहान साढे दश बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जनाएको छ।

छुटाउनु भयो कि ?