
हेलम्बू ग्रेट ट्रेललाई प्रदेश गौरवको आयोजना बनाउनुपर्छ – कृष्ण कुमार तामाङ
काठमाडौं – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश नम्बर २ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ्ग (समिर)लेहेलम्बु ग्रेट ट्रेललाई प्रदेशकै गौरवको आयोजना बनाउन माग गरेका छन् ।
बागमती प्रदेश सरकारको २०८०/०८१ सालको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा बागमती प्रदेश सभाको सदनमा आफ्नो बोल्दै उनले १३० बुदाँ लामो निति तथा कार्यक्रममा मेलम्ची हेलम्बु बाढीबाट प्रभावितहरुकाे समस्या र हेलम्बु ग्रेट ट्रेल नसमेटिएकाेमा आपत्ती जनाएका हुन् ।
उनले भने ‘आफुले पटक पटक सम्सदमा कुरा उठाएपनि नीति तथा कार्यक्रममा समेटिएकाे देखिएन यसमा आपत्ती जनाउन चाहन्छु । बाढीबाट प्रभावितहरुले अहिलेसम्म पनि सरकारको महसुश गर्न पाएनन । निति तथा कार्यक्रममा मेलम्ची हेलम्बुको बाढीको विषय र चाइना ग्रेटवालपछीको संसारकै नमुनाको रुपमा विकास हुन लागेको पर्यटकीय पैदल मार्गले स्थान पाएन ।बाढिपिडितलाई राहत पुनर्स्थापना गर्नुपर्नेमा जोड दिन अनुराेध गर्दछु ।”
आफ्नो निर्वाचन क्षेत्रमा कृषी उद्योग र पर्यटनको प्रचुर सम्भावना रहेकोले त्यहाँ बसोबासगर्ने विपन्न लगायत सम्पुर्ण बर्गको जीवनस्तर माथि उकास्ने कुरालाई निति तथा कार्यक्रमले समेट्नुपर्नेमा उनले जोड दिए ।
साथै वैदेशिक रोजगारीको शिलशिलामा देशको युवाहरु विदेशिनु परेको भन्दै स्वदेशमानै युवामैत्री कार्यक्रम ल्याउन, गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यालय सुधारको योजना ल्याउन तामाङले अनुराेध गरे।