मधेस प्रदेश

मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

Madhyabindu Online


A A- A+

काठमाडौं – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले आव २०८०–८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मिश्रले ३२ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । केही नयाँबाहेक अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कृषि क्षेत्रमा एक वडा एक एग्रोभेट निर्माणको नीति लागू, उत्पादनमा वृद्धि ल्याउन अनुदानमा आधारित कृषि कार्यक्रम, पशुपंक्षी बीमा, सिँचाइमा जोड, चक्लाबन्दी खेती लगायतको नीति लिएको छ ।

त्यस्तै एक नागरिक एक विरुवा कार्यक्रम, नदीको किनारामा वृक्षरोपण, चुरे क्षेत्रमा पानी रिचार्जका लागि ड्याम निर्माण नीति तथा कार्यक्रममा समेटिएको छ ।

शिक्षा क्षेत्रमा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सो कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा, कक्षा ८ कि छात्रालाई साइकल वितरण र कक्षा १२ पढ्ने छोरीलाई ल्यापटप उपलब्ध गराउने छ । त्यस्तै जिल्लाको कम्तीमा एकवटा विद्यालयलाई नमुना घोषणा गर्ने नीति समेत लिएको छ ।

निति तथा कार्यक्रमको पुर्ण पाठ –

Pardesh-Niti-Final

छुटाउनु भयो कि ?