फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

अहिलेको परिवेश
बन्धु थे सब इष्टमित्रहरु थे छोरा बुहारीनि थे।
जण्डो थे वसमा अथाह धनको चाँजो मिलाऊँदथे।।
साथै थे शुर वीर धीर कन थे बुद्धि दिने जण्ड थे।
नेता थे वसमा र सपोट दलका गुण्डाअनी सण्ड थे।।
(१)
मन्त्री रक्षक थे प्रशाशन सबै मेरै अधीनस्त थे।
मेरै भाषणका सपोर्टरहरू मेरै निवास धाउँथे।।
गालीमाकन ताली पट्पट गरि निर्धक्क पड्काँउथे।
हुय्याँश्यालसरी अचानक उठी बेजोड चिच्याउँथे।।
(२)
ब्यापारीहरुका अथाह धन त्यो सुट्केसमा आउँथे।
उल्टै भक्तहरु प्रचार गरँदै मेरै भजन गाउँथे।।
ठेकेदार उदार भार रुपियाँ थैलाभरी ल्याउँथे।
जे जे बिघ्नपरेनी चालकहरू त्यै योजना ल्याउँथे।।
(३)
यस्तो यो गणतन्त्रले गति लियो सम्बृद्धिनै भन्दथे।
के के चाल चल्यो अहो समयले सब्ले हजुर भन्दथे।।
हावा पश्चिमको एतातिर बह्यो आफैँत आउन्नथे ।
आफ्नै कर्म कठोर भो र सवले त्यागेर धिक्कार दे।।
(४)
जस्कालागी भनेर लोकहितको शासन चुनेथ्यौँ तर।
तिन्कै दुर्दिन ल्याउने कसरले भो केरु कुनै अन्तर
यस्तो आचरका निशाचर अहो ! आफैँ भएछौँरकि।
बाढीले सजिलै बढारिन पुगौँ बन्दी भयो जिन्दगी।।
(५)
इन्द्रावती-५ सिन्धुपाल्चोक