बागमती प्रदेश

धादिङका किसानद्वारा बाँदर नियन्त्रणको माग गर्दै प्रदेशसभा भवनमा प्रदर्शन

Madhyabindu Online


A A- A+

काठमाडौं – धादिङका किसानले हेटौंडास्थित वागमती प्रदेशसभा भवन अगाडि धर्ना दिएका छन् । प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि कुनै पनि कार्यक्रम नल्याएको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका तीन गाउँपालिकाका बाँदरपीडित कृषकहरुले बुधबार नाराबाजीसहित धर्ना दिएका हुन् ।

उनीहरुले प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि बजेट व्यवस्था नगरेको र कार्यक्रम पनि नल्याएकाले गुनासो गरेका छन् । प्रदर्शनमा निलकण्ठ नगरपालिका, सिद्धलेक र ज्वालामुखी गाउँपालिका १ सय ५० जना कृषक हेटौंडा आएका थिए ।

उनीहरुले ‘किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन’, ‘बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ ?’ लगायतका नारा लगाएका थिए । ‘बाँदरले खेतपाती सबै नष्ट गरिसक्यो, गाउँबाटै विस्थापित हुनु पर्ने भइसक्यो,’ निलकण्ठ नगरपालिका-९ पाल्पाभन्ज्याङका कृषक नवराज दुवाडीले भने, ‘हाम्रो पीडा कसैले पनि नसुनेकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउन हेटौंडा आएर नारा जुलुस गरेका हौं ।’ बादर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडित कृषक दुवाडीको आरोप लगाए ।

दुईवटा बस रिर्जभ गरेर हेटौंडा आएका किसानहरुले अन्तर्राष्ट्रिय कानुन देखाएर बाँदर आतंक बन्द नगराएको गुनासो गरेका थिए ।

छुटाउनु भयो कि ?