मनोरञ्जन

कान्तिपुर टिभीले हटायो पल शाहको विवादित अन्तरवार्ता

Madhyabindu Online


A A- A+

काठमाडौं –  नायक पल शाहको अन्तरवार्ता विवादित बनेपछि कान्तिपुर टेलिभिजनले युट्यूबबाट हटाएको छ ।

कमेडियन सन्दीप क्षेत्रीले ‘ह्वाट द फ्लप’ कार्यक्रमका लागि लीएको उक्त अन्तरवार्तामा पल शाहले आफ्नो जेल अनुभवलाई बहादुरीपूर्ण कार्य जसरी सुनाएका थिए ।

ह्वाट द फ्लपमा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई सम्मान गर्दै उक्त एपिसोड युट्यूबबाट फिर्ता गरिएको कान्तिपुरले सामाजिक सञ्जाल मार्फत जनाएको छ ।

‘महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिवद्धता साथै एजेण्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्यूबबाट फिर्ता गरिएको छ’, सामाजिक सञ्जालमा कान्तिपुरले लेखेको छ ।

सो अन्तरवार्तामा पलको जेल यात्रालाई बहादुरीपूर्ण कार्य जसरी चित्रित गरिएको थियो । पलले रोमाञ्चित हुँदै जेल बसाईको विवरण सुनाउँदा सन्दीप क्षेत्रीले लगातार अट्टहाँस गरेका थिए ।

दर्शकले उनको यस्तो प्रस्तुतिलाई पचाउन सकेका थिएनन् ।यो प्रस्तुतिको भिडीयो सार्वजनिक हुनासाथ व्यापक आलोचना भएको थियो ।

छुटाउनु भयो कि ?