खेलकुद

बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपालले जित्यो महिला फूटबल

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालले बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा हराउँदै फिफा अन्तर्राष्ट्रिय महिला फूटबल श्रृङ्खला जितेको छ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रङ्गशालामा आइतबार भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको हो। योसँगै दुई खेलको श्रृङ्खला १-० ले जितेको छ।

नेपाल र बङ्गलादेशबिचको पहिलो खेल बराबरीमा टुङ्गिएको थियो। दुवै टोलीले १-१ गोलको बराबरी खेलको थिए।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।

बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।

 

छुटाउनु भयो कि ?