खेलकुद

भारत ‘ए’सँग ९ विकेटले पराजित भएपछी प्रतियोगिताबाट बाहिरियो नेपाल

Madhyabindu Online


A A- A+

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे ।

भारतका ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भएका थिए । उनलाई नेपाली टीमका कप्तान रोहित पौडेलले क्याच आउट गराएका थिए । टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको थियो ।

आक्रामक ब्याटिङ गरेको भारतको तर्फबाट अभिषेक शर्माले सर्वाधिक ८७ रन बनाए । ६९ बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरेका थिए ।

छुटाउनु भयो कि ?