खेलकुद

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ

Madhyabindu Online फोटो - सामाजिक सञ्जाल


A A- A+

काठमाडौं – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो ।

सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना नगरेको आरोपमा थापालाई कप्तानबाट हटाइएको थियो । सङ्घले गत महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाएर श्रेष्ठलाई नियुक्त गरिएको हो ।

सन् २०१८ मा इन्डोनेसियामा खेल्दा श्रेष्ठ टोलीका सदस्य थिए । सन् २०१५ मा बङ्लादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी त्यसयता निरन्तर टोलीमा रहेका छन् ।

छुटाउनु भयो कि ?