फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

संगम ,सन्तोष र कोपिला तामाङको “मुटुको धड्कन” सार्बजनिक( भिडियो सहित)
काठमाडौं – गायक सर्जक संगम थापा ,सन्तोष अधिकारी र गायिका कोपिला तामाङ वाईवाको स्वर रहेको नयाँ गीत रिलिज भएको छ ।
लोक दोहोरी गायक संगम थापा र गायिका कोपिला तामाङ वाईवाको भर्खरै रिलिज “मुटुको धड्कन” बोलको गीतले दर्शकको मन जित्ने विश्वास गरीएको छ ।
प्रेमिल शब्दहरुले भरिएको बियोगान्त गीतमा गायक संगम थापा,सन्तोष अधिकारीको शब्द अनि संगीत रहेको छ भने नारायण दङ्गालको एरेन्ज रहेको छ। सार्वजनिक दोहोरी भाकालाई MF डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा लोकप्रिय कलाकार जिबन कार्की,आयुष्मा कार्की,सन्तोष अधिकारी लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।
गीतको भिडियोमा संगम थापा,सन्तोष अधिकारीको कथा र निर्देशन रहेको छ । आकर्षक फ्रेममा सरोज शाहि ,सन्तोष तिमल्सिनाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।
भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा दर्शक श्रोताको राम्रो प्रतिक्रिया मिलेको लोक दोहोरी गायक सुदर्शन तिमल्सिनाले जानकारी दिए ।
हेर्नुस भिडियो….