स्वास्थ्य

काठमाडौँका विभिन्न अस्पतालमा स्वास्थ्य मन्त्रीको अनुगमन

Madhyabindu Online


A A- A+

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतलमा अनुगमन गरेको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले भने स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमनका लागि पुगेको थियो ।

बिहीबार मन्त्रालयले अनुगमन टोली बनाएर महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर) लगाएतका अस्पतालमा अनुगमन गरेको हो ।

अनुगमनपछि मन्त्री बस्नेतले अस्पताल मापदण्डअनुसार रहे नरहेको बिषयमा मन्त्रालयले चासो राखेको बताए । उनले अस्पतालका समस्याहरु समधानका लागि पनि प्रतिवद्ध रहेको उल्लेख गरे ।

अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको भन्दै उनले मन्त्रालयले गरेको निर्णय अनुसार अघि बढ्न निर्देशन दिएका थिए ।

छुटाउनु भयो कि ?