मनोरञ्जन

सारदा रसाईलीको तिज गीत ‘सुनरी केशैमा’ (खर्ककी चेली-२) बजारमा

Madhyabindu Online


A A- A+

काठमाडौं – पछिल्लो समय लोक दोहोरीको क्षेत्रमा सबैको रोजाइमा परेर चर्चा कमाउन सफल गायिका सारदा रसाईलीको तिज गीत ‘सुनरी केशैमा’ (खर्ककी चेली -२) बजारमा आएको छ ।

नेपाली नारीहरुको महान एवं रमाइलो पर्व तिजको अवसर पारेर उक्त गीती एल्बम् बजारमा ल्याइएको हो ।

उक्त गितमा उनै काँठ क्षेत्रकी चर्चिच गायिका सारदा रसाईली र चर्चित लोकप्रिय गायक नारायण दंगालको स्वर रहेको छ । सरोज बिरही कारकीको लय रहेको उक्त गीतको सङ्गीत संयोजन भने नारायण दंगालले गरेका हुन् ।

उक्त गीतको रेकर्डीङ म्युजिक फ्लस स्टुडियोमा गोपाल दंगालले गरेका हुन् । उक्त गीती एल्बम् सारदा रसाईली अफीसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

छुटाउनु भयो कि ?