फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

स्वास्थ्य मन्त्री बस्नेतद्वारा दुवाकोटको वीरको जग्गामा तारबार लगाउन निर्देशन
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शनिबार भक्तपुरको दुवाकोटमा प्रस्तावित विस्तारित वीर अस्पतालको शनिबार स्थलगत भ्रमण गरेका छन ।
भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपाल सरकारका उच्च अधिकारी, सरोकारवाला निकाय र स्थानियवासीसँग छलफल गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई हस्तान्तरण गरेको ५ सय ७० रोपनी जग्गालाई तत्काल तारबार लगाउनु निर्देशन दिएका हुन । वीर अस्पताल निर्माणका लागि चागुनारायण नगरपालिकाले विसं २०७३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई उक्त जग्गा हस्तान्तरण गरेको थियो ।
स्वास्थ्य क्षेत्रको कायापलट गर्ने महत्वाकांक्षी योजनाका साथ आफू अगाडि बढेको बताउदै मन्त्री बस्नेतले भने, ‘ म दिनको एक महत्वपूर्ण काम गर्ने योजना अनुसार अगाडि बढेको छु । यो अस्पताल पनि बनाएरै छाड्छु । ’ स्वास्थ्य सेवाको जनताको सहज पहूचका लागि आफूले तिन महिनामा धेरै महत्वपूर्ण काम गरेको दावी गर्दै सबै संघीय अस्पतालमा साडे ३५ सय जनरल बेड विपन्नका लागि निशुल्क गर्नु र हरेक अस्पतालमा विपन्नका लागि १० प्रतिसत बेड निशुल्क हुनु उपलब्धि भएको बताए ।
न्याम्सका उपकुलपति प्रा.डा. बस्नेतले दुवाकोटमा एक हजार देखि १५ सय शैयाको अस्पताल र शैक्षिक भवन, आवासगृह बनाउने गुरु योजना बनिसकेको भए पनि विविद कारणले अस्पताल निर्माणमा ढिलाइभएको बताए । उनले विसं २०७४ देखि दुवाकोटमा विस्तारित वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै स्थानियवासीलाई ओपिडी सेवाका साथै एक्सरे, ल्याव सहितका सेवा प्रदान गरिरहेको जानकारी दिए ।
चिनिया प्राविधिक टोलीले संभाव्यता अध्ययन पछि सन २०१९ मा प्रस्तावित अस्पताल निर्माण स्थलको भौगोलिक अवस्था कमजोर भएको, सडकको पहूच सहज नभएको, बिजुलीको प्रवन्ध नभएको , खानेपानीको व्यवस्था नभएको र जग्गा एकिन नभएको जनाएको थियो । भएका कमि कमजोरी सुधार गरिए फेरि संभाव्यता अध्ययन गरिने चिनिया टोलीले बताएको थियो । त्यसपछि जग्गा एकिन भएको, सडकको पहूच बिस्तार गरिएको, बिजुलीको समस्या समाधान गरेको सरकारका अधिकारीले दावी गरेका छन । छलफलमा सडक विभाग, नापी कार्यालय, नगरपालिका, भवन विभागका अधिकारीले अस्पताल निर्माणका लागि कुनै समस्या नरहेको बताएका छन ।