बागमती प्रदेश

बागमतीमा मन्त्रालय थपेर भागबण्डा मिलाउने सहमति

Madhyabindu Online


A A- A+

काठमाडौं – बागमती प्रदेशमा मन्त्रालय थप गरेर बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने सत्तारुढ दलबिच सहमति भएको छ।

आइतबार काठमाडौँमा गठबन्धनसम्बद्ध दलका शीर्ष नेताको छलफलबाट मन्त्रालय थपेर भागबण्डा मिलाउने सहमति गरिएको हो।

उनैलाई मन्त्री बनाउन कांग्रेसकै भागमा रहेको उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा रहेको सामान्य प्रशासन मन्त्रालय छुट्याएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाउने सहमति गरिएको हो।

गत जेठ ७ गते मन्त्री पदमा नियुक्त भएका उनले लामो समयसम्म पनि विभागीय जिम्मेवारी पाउन सकेका छैनन्। कुन मन्त्रालय फुटाएर उनलाई जिम्मेवारी दिने भन्नेबारे कांग्रेस र माओवादीबीच विवाद थियो।

बागमती सरकारमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्री छन्।

छुटाउनु भयो कि ?