मनोरञ्जन

भाद्र १३ देखि १८ सम्म ‘८० सालको गाईजात्रा’ प्रदर्शन हुने

Madhyabindu Online


A A- A+

काठमाडौं – कोरोना महामारी पछिको पहिलो गाईजात्रा प्रज्ञाभवन कमलादीमा आयोजना हुने भएको छ।

‘८० सालको गाईजात्रा’ नाम दिईएको यो कार्यक्रम ब्राण्डवर्थ प्रालीले आगामी भाद्र १३ गतेदेखी १८ गतेसम्म आयोजना गर्ने भएको हो ।

‘८० सालको गाईजात्रा’ मा कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अंकल’, सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुबिना अधिकारी लगायतका कलाकारहरुले ‘८० सालको गाईजात्र’ मा दर्शकहरुलाई हँसाउनेछन्।

जेसीस, लायन्स लगायतका संस्थाहरुसंगको सहकार्यमा ब्राण्डवर्थ प्रालीले उपत्यका बाहिर पनि  ‘८० सालको गाईजात्रा’ आयोजना गर्दैछ। बिराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भईसकेको छ। साथै अन्य शहरमा पनि ‘८० सालको गाईजात्रा’ आयोजना हुने आयोजकले बताएका छन्।

कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरंजन र मोटिभेसन गरेको यस प्रालीले यस पटकपनि रंगमंच संगसंगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रशारण गर्नेछ।

७ ईपिसोडमा प्रशारण हुने ‘डिजिटल गाईजात्रा’ को पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रंगमंचमा हुने ‘८० सालको गाईजात्रा’ को रिहर्सलमा व्यस्त छन्।

छुटाउनु भयो कि ?