आर्थिक

राष्ट्र बैंकले गर्यो हिमालयन, कुमारी र प्राइम बैंकलाई कारबाही

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले निति नियमको पालना नगरेको भन्दै एक बैंक लाई सचेत गराएको छ भने दुईवटालाई नगद जरिवाना गराएको हो ।

राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ भने हिमालयन र कुमारी बैंकलाई नगद जरिबाना तिराएको हो।

निर्देशिका बमोजिम कर्जा नोक्सानी व्यवस्था नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र प्रिमियम दर बढाइ ब्याजदर असुल गरेको भन्दै प्राइम बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ।

हिमालयन बैंकले २०७९ कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हुनाले १ करोड ३९ लाख ४७ हजार जरिबाना तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

यसैगरी कुमारी बैंकलाई ५९ लाख ६३ हजार जरिबाना तोकिएको छ। कुमारीले २०७९ माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको राष्ट्र बैंकको भनाइ छ।

छुटाउनु भयो कि ?