
इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानेर हत्या
काठमाडौं – इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ ।
देशको राष्ट्रिय सभाका सदस्य समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सियोमाथि उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छोडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा बस्नेबित्तिकै तीन पटक गोली लागेको थियो ।
इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमा भने कि संदिग्धलाई पनि सुरक्षाकर्मीहरूले जवाफी फायरिङमा गोली हानेको थियो र पछि मृत्यु भयो। देशमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन अगस्ट २० मा सुरु हुँदैछ।
राष्ट्रपति गुइलेर्मो लासोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै अपराधीलाई उन्मुक्ति नदिने वाचा गरेका छन्।
इक्वेडरमा लागूऔषध तश्करीको बढ्दो उपस्थितिले हिंसात्मक अपराधमा वृद्धि भएको छ, जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो। एजेन्सी