अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री माेदीविरुद्धकाे अविश्वास प्रस्ताव फेल

Madhyabindu Online


A A- A+

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएकाे अविश्वासकाे प्रस्ताव अस्वीकृत भएकाे छ ।

लाेकसभाका अध्यक्ष ओम बिरलाले बिहीवार सदनकाे कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेकाे अविश्वास प्रस्ताव अस्वीकृत भएकाे घाेषणा गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

यसअघि अविश्वास प्रस्तावलाई लिएर लाेकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नाे विचार राखेका थिए । प्रधानमन्त्री माेदीले जवाफ दिएपछि लाेकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएकाे घाेषणा गरेका हुन् ।

जवाफकै क्रममा माेदीले विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउँदै सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गरेका थिए ।

मणिपुर राज्यमा भएकाे हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि सन् २०१८ मा पनि नरेन्द्र माेदी सरकारकाे विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएकाे थियाे । सदनमा ११ घण्टा लामाे छलफलपछि अन्ततः माेदी सरकारले सदनमा आफ्नाे बहुमत पुर्‍याएकाे थियाे ।

छुटाउनु भयो कि ?