फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्रीले आज सपथ लिने
काठमाडौं – पाकिस्तानका कार्यबहाक प्रधानमन्त्री अनवर उल हकले आइतबार (आज) पद तथा गोपनीयताको सपथ लिदैँछन् ।
पाकिस्तानको संसद विघटन भएको दुई दिनपछि अर्थात शनिबार हकलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आरिफ अल्वीले उनलाई आज पद तथा गोपनीयताको सपथ गराउने छन् ।
अन्वर बलुचिस्तान अवामी पार्टी (बीएपी) का सिनेटर हुन्। अनवर सन् २०१८ मा स्वतन्त्र उम्मेदवारका रूपमा पहिलो पटक सिनेटरको रुपमा निर्वाचित भएका थिए ।
पाकिस्तानको संविधानअनुसार अब उनले संसद विघटन भएपछि ९० दिनसम्म सरकार चलाउने छन् । निर्वाचन गराउने जिम्मेवारी पनि अन्वरको हुनेछ । एजेन्सी