फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

भारतकाे ७७औं स्वतन्त्रता दिवस, लालकिल्लाबाट मोदीले सम्बोधन गर्ने
काठमाडौं – भारतमा मंगलबार अर्थात अगस्ट १५ मा ७७औँ स्वतन्त्रता दिवस मनाइँदैछ। सन् १९४७ अगस्ट १५ मा भारतमा शासन गरिरहेको बेलायती सरकारले आजकै दिन भारत छोडेर भागेको थियो।
त्यही दिनको सम्झनामा स्वतन्त्रता र मुक्तिको स्मरण गर्दै आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका हुन्।
भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् । यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
नयाँ दिल्ली गेट वरिपरि लालकिल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले पनि आज एक कार्यक्रमको आयोजना गरी भारतको ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।