खेलकुद

पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बन्यो स्पेन

Madhyabindu Online


A A- A+

काठमाडौं– इंग्ल्यान्डमाथि जित निकाल्दै स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ।

स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो।

स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो। उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएको थियो।

दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन्। महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौं राष्ट्र बनेको छ। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन्।

प्रतियोगितामा ३२ वटा टिम सहभागी भएका थिए।

छुटाउनु भयो कि ?