फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा पक्राउ
काठमाडौं – थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएलगत्तै पक्राउ परेका छन् ।
थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बैंकक पुगेका थिए । थाइल्याण्डको खाओसोद सञ्चार माध्यम एवं त्यहाँका सार्वजनिक सञ्चारमाध्यमका अनुसार उनी मंगलबार बिहान ९ बजे बैंकक पुगेका थिए ।
सिनावात्राले बैंकक आएलगत्तै त्यहाँका राजालाई सम्मान गरेका थिए । त्यसपछि उनलाई प्रहरीको निगरानीमा सर्वोच्च अदालत लगिएको थियो । उनलाई शक्तिको दुरुपयोगसहित अन्य गम्भीर अपराधका अभियोग लगाइएको छ । यस घटनालाई थाक्सिनका समर्थकले राजनीतिक प्रतिशोधका रूपमा अर्थ्याएका छन् ।
अदालतपछि उनलाई बैंकको जेलमा लगिएको थियो । सर्वोच्च अदालतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भनेको छ– उनले आठ वर्षको जेल सजाय भोग्नेछन् ।
सन् २००६ मा सैनिक कु भएयता थाइल्याण्डमा उनका सर्थकले आन्दोलन गर्दै आएका छन् ।