स्वास्थ्य

भरतपुर अस्पतालमा ओपिडिको टिकट सहित चार सय शैंया निःशुल्क

Madhyabindu Online


A A- A+

काठमाडौं – चितवनको भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शैंया) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शैंया निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शैंया उपलब्ध गराउन सुरु गरेको जानकारी दिए ।

उनले क्रिटिकल केयर (आईसियू, सिसियू, पिआईसियू, एनआईसियू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए ।

अस्पतालमा हाल छ सय शैंया सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ । अस्पतालमा पछिल्लो समय दैनिक एक हजार पाँच सयदेखि दुई हजार विरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

छुटाउनु भयो कि ?