फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दीपेन्द्र थापा
काठमाडौं – निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्ष पदमा दीपेन्द्र थापा निर्वाचित भएका छन् । भदौ ६ र ७ गते जिल्ला सदरमुकाम चौतारामा भएको सातौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दीपेन्द्र थापा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट अध्यक्ष पदमा दीपेन्द्र थापासहित प्रथम उपाध्यक्ष सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्ष मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष घनश्याम नेपाल, महासचिव जयचन्द्र लामा, सचिव डबले लामा, कोषाध्यक्ष बालसुन्दर कटुवाल, सह कोषाध्यक्ष राजेन्द्र विक्रम थापा र महिला सदस्य निर्मला श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।
६ वटा सदस्य पदका लागि भने निर्वाचन भएको थियो । सदस्य पदका लागि १८ जनाको आवेदन परेपछि भएको निर्वाचनबाट रविन्द्र सिलवाल ,विनोद लामा घिसिङ, भेषनाथ सापकोटा, बुद्ध घले, टंकबहादुर दुलाल र सरोज केसी विजयी भएको संघका निवर्तमान अध्यक्ष छत्रबहादुर तामाङले बताए ।